"Invocation" a poem for life


"आव्हान " (Invocation)

जादु र मन्त्र गर्ने धामी र झाक्रिमा होइन,
जीवन दिने परमेश्वोरमा गरोउ भरोसा २
फजुल रितिथिति र कुसस्कर्मा होइन,
मुक्ति दिने येशूमा गरौ भरोसा २

अन्ध विश्वास र ढुंगीपना  होइन,
 सहि शिक्षा र मानवताको कदम चल्नु छ २
क्षणिक आनन्द र मोजमज्जामा होइन,
देशको उज्वल भबिष्य र समाज सुधारमा अगाडी बढ्नुछ २

परमप्रभुको भय मानी निरन्तर प्रथानामा लागिनै पर्नु छ,
दुष्टको हरप्रयासलाई निष्फल परि अगाडी बढ्नुछ २
कत्ति खेर भेतु अनि खैहालु भन्दै शैतानले  दु हेर्छ,
मीठा मीठा कुराको लास्केरो लाउदै यो मनलाई छोइहेर्छ,२

घरि घरि तेही मौका छोपछा कमजोरलाई निसाना परेर,
सबै अब एकजुट होउ है विश्वास र प्रेमको छातीपाटा भिरेर २
दिनहु येशु साथ साथ हिडौ है भाई दुइधारे तरबार भिरेर,
शैतानको बन्धन तोड्नु नै पर्छ अब सबैले मिलेर २

बाटो नपाई अल्मलिएका यहाँ धेरै छन् दिदि बहिनी ,
आत्मा नपाई छत्पतिएक यहाँ धेरै छन् दाजुभाई २
जीवनको एकमात्र मार्गदर्शक प्रभूमा निम्त्याउन सबैलाई,
मुक्तिदाता येशूकहा दोर्याउन सबैलाई २

आज हाम्रै देश लाचार बनेको छ मुतीपुजाले भरिएर,
प्रथानामा चढाउहै अंतराबिन्ति येशूलाई सम्झेर २
परमेस्वोरकै सृष्टि हो त्यो देस येशूले हेर्ने छन्,
एक एक देश बासी प्रभुमा आए पक्कै आशीषले भर्नेछान २
ख्रीष्टको सेना हौ हामी अगाडी बढ्ने नै छौ,
जस्तो सुकै कठिन परिस्थिति भएपनि शैतानको अखडा तोड्ने नै छौ २
आमेन .


Comments

Popular posts from this blog

Q1. Is there only one God?

‘NC, UML have no alternative than joining govt’

A Poem for the Children of God