A Poem for the Children of God


"बिस्वासी प्रतिको भावना"

नाता सिनो केहि छैन तैपनि आफन्त झैँ लाग्छ,२
बिना काममा तेसै पनि भेटु भेटु लाग्छ २
घर परिवार साथीसंगी टाढई कहिँ छाडीएछ  २
ख्रीस्टको रगतले आज, गहिरो प्रेमको नाता हाम्रो जोडीएछ २

गरीव धनि साना ठुला सबैनै ख्रीस्टद्वारा छानीएकोछ २
दिदि बहिनी दाजुभाई भेला हुदा एकै परिवार झैँ मानीएकोछ २
मण्डली नै घर हो यो येशू हाम्रो मुली २
एक अर्कामा बातचित गरौ मनका सबै कुरा खोलि २

पास्टर बावु अगुवा हाम्रो हामी हौ उनका भेडा २
सोझा साझा छन् है सबै यहाँ कोहि हुन्नन् टेढा २
परमेवरकै पबित्र स्थान हो यहाँ सबै हुन्छन सुध्द  २
एकता हो नारा हाम्रो यहाँ कहिलै हुन्नन् युध्द २

प्रसंसाको घर हो यो झ्याली झंकार संगै २
हृदय खोलि गाउछौ हामी नया जोस र उमंग संगै २
पवित्र आत्मामा जिउने हरु बचन बाहिर कहिलै निक्लदैनन २
बिस्वासको यो यात्रामा येशू साथ रहेपछि पाइला हाम्रो चिप्लदैनन २

शरीर हाम्रो मन्दिर हो हृदयमा बस्नु भा छ ख्रिस्ट २
मानिसले जेसुकै भनेता पनि कसैप्रति, ममा छैन अब रीस २
लडाई हाम्रो प्रधानताहरूको बिरुध्द हो होइन भाई भाई प्रति २
सेवा संगति जही गरेतापनि प्रेम बराबर छ सबै बिस्वासीहरु प्रति २

ख्रिस्ट मात्र एउतै बाटो  स्वर्ग पुग्नलाई २
विस्वासमा जरा गडौ लक्ष्य  चुम्नलाई २
केहि छैन यहाँ हाम्रो सबथोक किन्नै पर्छ २
सफल जीवन जिउनलाई येशू चिन्नै  पर्छ २
 

सबैले भनुन ...आमेन!

Comments

Popular posts from this blog

A Poem for Easter...

Scared to Death of Death: Facing More Than Gramma’s Mortality