प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ स् खनाल

२४ माघ, काठमाण्डौ : नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागी प्रधानमन्त्री डा। बाबुराम भट्टराईले तत्काल राजीनामा दिनु पर्ने वताउनु भएको छ । खनालले भट्टराई नेतृत्वको वर्तमान सरकार पुर्ण रुपमा असफल भईसकेकाले अब भट्टराईले राजिनामा दिएर सहमतिय सरकारका लागी  बाटो खोल्नु पर्ने वताउनु भयो ।

मंगलवार  राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले प्रधानमन्त्री भट्टराई नेतृत्वकै सरकारले राष्ट्रिय सहमतिको स्वरुप लिने सम्भावना शुन्य बराबर रहेको भन्दै सहमतिको सरकारकोलागी नयाँ आधार निर्माण गर्नु पर्ने दावी गर्नु भयो । उहाँले भन्नुभयो(’यो सरकारलाई राष्ट्रिय सहमतिको सरकारमा बदल्नु भनेको समयको बर्बादी मात्र हो ।’  खनालले सरकारलाई लुलो बैसाखी टेकेको सरकारको संज्ञा दिदै जुनसुकै बेला पनि सरकार ढल्ने दावी गर्नु भयो ।

खनालले सहमतिको सरकार निर्माण र वर्तमान सरकारको विघठनको लागी एमाले जस्तो सुकै कदम चाल्न पनि तयार रहेको स्पष्ट पार्नु भयो । उहाँले माओवादी र उसको नेतृत्वको सरकारले शान्ति र संविधान निर्माण प्रक्रियालाई अबरुद्ध पार्न बेला बेलामा विभिन्न बखेडा झिकक्ने गरेको आरोप लगाउनु भयो । खनालले द्धन्दकालमा जनसत्ताले गरेका निर्णयलाई बैधानिकता दिने सरकार र माओवादीको निर्णय खारेज नभएसम्म संसद चल्न नसक्ने चेतावनी दिनु भयो ।



Comments

Popular posts from this blog

A Poem for Easter...

A Poem for the Children of God

Scared to Death of Death: Facing More Than Gramma’s Mortality