मदिरा नियन्त्रणमा महिला सक्रियता

बाजुरा, २९ पुस : मानाकोट गाविस २ नडखोलाका महिलाहरू मदिरा नियन्त्रण अभियानमा सक्रिय भएका छन् ।

मदिराका कारण समाजमा गाली बेइजतीका साथै झैझगडाका घटना बढेको भन्दै उनीहरू सो अभियानमा सक्रिय भएका हुन् ।

स्थानीय शीतल सामुदायिक संस्थाका अध्यक्ष दीपा सिहंको अध्यक्षतामा ११ सदस्यीय मदिरा नियन्त्रण छानबिन समिति पनि गठन गरेको छ । 

उक्त समितिले मानाकोट गाविस १, २, ३, ६ र ७ वडामा रहेका सबै घर र स्थानीय निलासैन बजारमा छापा मार्ने जनाएको छ ।

समितिले मदिरा सेवन गर्नेलाई दुई हजार ५०० र बनाउनेलाई एक हजार ५०० जरिवाना तिराउने निणर्यसमेत गरेको छ ।

मदिरा सेवनका कारण मानकोट गाविसमा रहेको कृत्तिचौर उमाविमा पढ्ने विद्यार्थीलाई समेत समस्या भएको भन्दै महिलाहरूले विद्यालयको नजिक रहेका पसलहरूमा छापा मार्ने जनाएका छन् ।
 
अभियानमा विद्यार्थी, शिक्षक, गाउँका पुरुषहरूले पनि साथ दिएको संस्थाले जनाएको छ । 

जाडरक्सी सेवन र जुवातासका कारण बालबालिका र महिलाहरू बढी पीडित भएकाले गाँउमा गठन गरिएका बाल समूहलाई समेत अभियानमा लाग्न उनीहरूले आग्रह गरेका छन् ।


http://pokharacity.com/news-of-nepal.php?subaction=showfull&id=1326476356&archive=&start_from=&ucat=120&

Comments

Popular posts from this blog

A Poem for Easter...

A Poem for the Children of God

Scared to Death of Death: Facing More Than Gramma’s Mortality