A Poem for Easter...


"ईस्टर" 

हजारौ हजार सेनाको दलले पक्रिए येशूलाई २
मारिन लागेको थूमालाई झैँ लर्काए प्रभुलाई २ 
कुटिए प्रभु थुकिए प्रभु क्रुसैमा टागिए २
हाम्रै पापको खातिर बलिदान भइ चिहान मा गाडिए २ 
बर्षमा एकदिन त्यो दिनलाई सम्झी गुडफ्राइडे मनाउछौ २
उपासना संगै स्तुति गर्दै आराधना चढाउछौ  २ 

काँडाको मुकुट शीरमा लगाई कोर्रा नि खानुभो २  
मानिसको पाप पखाल्ने रगत बगाउदै उनले सिर्का नि पिउनु भो २ 
मारिए उनि गाडिए उनि चिहानमै पुरिए २
प्रभुको बचन पुरो गर्नलाई तेस्रो दिन बौरिए २ 
कालो बादल मडारिदै आज पनि येशूको साक्षी दिदैछ २
सुर्यको तेजलाई पनि निस्फल परि प्रिथ्बीमा अन्धकार छाउदैछ २ 
नरकको दैलो फोडेर उनले मृत्यूको बन्धन तोड्नुभो २
क्रुसमा प्रण दिएर उनले स्वर्गको द्वार खोल्नुभो २ 
तेस्रोदीन उनि बौरेर उठ्दा सत्रुनी लजाए २
अबिस्वसिहरुले पनि विश्वास गर्दै जयजयकार मनाए २

पबित्र परमेस्वरको निस्खोट त्यो शरीर चिहानमा सडेन २
उहा स्वयम् नै परमप्रभु भएका कारण माटोमा अडेन २ 
महिमित भइ पून जीवन पाई बौरेर अउनुभो २
शैतानको शक्ति त्यो मृत्यूमथी बिजय पाउनुभो २ 
मृत्यू र पातालको ताला र चाबी हातैमा लिनुभो २
बिस्वशी सबलाई एक अविनाशी अनन्त जीवनको निस्चयता दिनुभो २ 

काँडाको मुकुट शीरमा लगाई कोर्रा नि खानुभो २
मानिसको रगत पखाल्ने रगत बगाउदै उनले सिर्कानी पिउनुभो२ 
गलागथाको त्यो पहडिमा येशूको रगत अझै नि आलै छन २
संसारिक जीवन त्यागेर फर्कहै हे भाई येशूले बोलाउछन् २ 
धर्म र कर्म रिति र रिवाज संसारका रीत हुन् २
भोलिको दिन टलेर जाने यो संसार मा यी सबै ब्यर्थ छन् २ 

गंगाको जलले जति नै नुहाए पनि पाप मोचन केवल येशूमै २
स्वर्ग पुग्ने बिधिबिधान जतिनै गरेतापनि मुलढोका येशूनै २ 
येशूमा छ है प्रयाप्त जीवन आशीष र उद्दारको २
उनैमा विश्वास राखे हुन्छ है जीवन सफल र शान्तीको२ 
हे दाजुभाई हे दिदि बहिनि बिस्वाश गरौन २
येशूको रगतले हाम्रो पाप पखाली पबित्र बनौन २ 

चालिस दिन सम्म सेवकाई गर्दै संसारमा बस्नुभो २
सम्पूर्ण कार्य पुरा गरेपछि स्वर्गमा चढ़नुभो २  
माथि है माथि आकाश हुदै बादलमा जानुभो २
संसारको न्याय गर्न फेरी फर्केर आउने बाचा नि गर्नु भो २ 
एक नया संसार एक नया स्वर्ग हुनेछ यहाँ बिस्वाशी बच्नेछ्न २
जो जसले अझै चिनेनन उनलाई पक्कै शर्ममा पर्नेछन, पक्कै शर्ममा पर्नेछन. 
आमेन. 

Comments

Popular posts from this blog

Scared to Death of Death: Facing More Than Gramma’s Mortality

A Poem for the Children of God