बाइबलको व्याख्या (Hermeneutics)

बाइबललाई अक्षरशः अर्थमा लिइनुपर्छ। भाषालाई सामान्यतया र स्वाभाविक रूपमा त्यसरी नै बुझिने गरिन्छ। हो, बाइबल लेखकहरूले कतिपटक अलङ्कारयुक्त भाषा प्रयोग गरेका हुन्छन् जुनचाहिँ शाब्दिक सत्यतालाई सजीव तरिकाले वर्णन गर्ने एउटा सामान्य साथै सुन्दर तरिका हो। बाइबललाई भाषाको स्वाभाविक प्रयोग, शब्दहरूको प्रचलन, ऐतिहासिक र सांस्कृतिक पृष्ठभूमि, सन्धर्भ र बाइबलको समग्र शिक्षाको आधारमा बुझिनुपर्छ (२ तिमोथी २:१५)।
सबभन्दा त एउटा विश्वासीले बाइबलको अध्ययन पूर्ण रूपमा सत्यको आत्माको सहारामै गर्नुपर्छ। ख्रीष्टलाई प्रकट गर्ने र विश्वासी जनहरूका मन तथा हृदयहरूलाई प्रदीप्‍त पार्ने काम उहाँकै हो (यूहन्ना ५:३९; १६:१३-१५; १ कोरिन्थी २:९-१६)।
एउटा शारीरिक अर्थात नयाँ जन्म नपाएको व्यक्तिले परमेश्वरको वचनलाई बुझ्नै सक्दैन, यसको ठीक अर्थ जान्नै सक्दैन। परमेश्वरका कुराहरू उसका लागि मूर्खता हुन्छन्, उसले ती जान्न सक्दैन (१ कोरिन्थी २:१४), उसको मन अन्धा पारिएको हुन्छ (रोमी ३:११; २ कोरिन्थी ४:३-४)।

Comments

Popular posts from this blog

Cannot Come Down

christianity in nepal: A Poem for the Children of God

Q1. Is there only one God?