A Poem for Easter...


"ईस्टर" 

हजारौ हजार सेनाको दलले पक्रिए येशूलाई २
मारिन लागेको थूमालाई झैँ लर्काए प्रभुलाई २ 
कुटिए प्रभु थुकिए प्रभु क्रुसैमा टागिए २
हाम्रै पापको खातिर बलिदान भइ चिहान मा गाडिए २ 
बर्षमा एकदिन त्यो दिनलाई सम्झी गुडफ्राइडे मनाउछौ २
उपासना संगै स्तुति गर्दै आराधना चढाउछौ  २ 

काँडाको मुकुट शीरमा लगाई कोर्रा नि खानुभो २  
मानिसको पाप पखाल्ने रगत बगाउदै उनले सिर्का नि पिउनु भो २ 
मारिए उनि गाडिए उनि चिहानमै पुरिए २
प्रभुको बचन पुरो गर्नलाई तेस्रो दिन बौरिए २ 
कालो बादल मडारिदै आज पनि येशूको साक्षी दिदैछ २
सुर्यको तेजलाई पनि निस्फल परि प्रिथ्बीमा अन्धकार छाउदैछ २ 
नरकको दैलो फोडेर उनले मृत्यूको बन्धन तोड्नुभो २
क्रुसमा प्रण दिएर उनले स्वर्गको द्वार खोल्नुभो २ 
तेस्रोदीन उनि बौरेर उठ्दा सत्रुनी लजाए २
अबिस्वसिहरुले पनि विश्वास गर्दै जयजयकार मनाए २

पबित्र परमेस्वरको निस्खोट त्यो शरीर चिहानमा सडेन २
उहा स्वयम् नै परमप्रभु भएका कारण माटोमा अडेन २ 
महिमित भइ पून जीवन पाई बौरेर अउनुभो २
शैतानको शक्ति त्यो मृत्यूमथी बिजय पाउनुभो २ 
मृत्यू र पातालको ताला र चाबी हातैमा लिनुभो २
बिस्वशी सबलाई एक अविनाशी अनन्त जीवनको निस्चयता दिनुभो २ 

काँडाको मुकुट शीरमा लगाई कोर्रा नि खानुभो २
मानिसको रगत पखाल्ने रगत बगाउदै उनले सिर्कानी पिउनुभो२ 
गलागथाको त्यो पहडिमा येशूको रगत अझै नि आलै छन २
संसारिक जीवन त्यागेर फर्कहै हे भाई येशूले बोलाउछन् २ 
धर्म र कर्म रिति र रिवाज संसारका रीत हुन् २
भोलिको दिन टलेर जाने यो संसार मा यी सबै ब्यर्थ छन् २ 

गंगाको जलले जति नै नुहाए पनि पाप मोचन केवल येशूमै २
स्वर्ग पुग्ने बिधिबिधान जतिनै गरेतापनि मुलढोका येशूनै २ 
येशूमा छ है प्रयाप्त जीवन आशीष र उद्दारको २
उनैमा विश्वास राखे हुन्छ है जीवन सफल र शान्तीको२ 
हे दाजुभाई हे दिदि बहिनि बिस्वाश गरौन २
येशूको रगतले हाम्रो पाप पखाली पबित्र बनौन २ 

चालिस दिन सम्म सेवकाई गर्दै संसारमा बस्नुभो २
सम्पूर्ण कार्य पुरा गरेपछि स्वर्गमा चढ़नुभो २  
माथि है माथि आकाश हुदै बादलमा जानुभो २
संसारको न्याय गर्न फेरी फर्केर आउने बाचा नि गर्नु भो २ 
एक नया संसार एक नया स्वर्ग हुनेछ यहाँ बिस्वाशी बच्नेछ्न २
जो जसले अझै चिनेनन उनलाई पक्कै शर्ममा पर्नेछन, पक्कै शर्ममा पर्नेछन. 
आमेन. 

Comments

Popular posts from this blog

Cannot Come Down

Q1. Is there only one God?

Q2. Do we really live after we die?